घुस लिएको आरोपमा रुसी उपरक्षामन्त्री पक्राउ

Russia_Military_Official_Arrest__pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। रुसी उपरक्षामन्त्री तैमुर इभानोभ बुधबार भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन्। रक्षामन्त्री सेर्गेई सोइगुका लामो समयदेखिका सहयात्री रहेका इभानोभको अचानकको गिरफ्तारीले धेरैलाई आश्चर्यचकित बनाएको छ।

विशेषगरी ठूलो परिमाणमा घूस लिएको अभियोगमा उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ। इभानोभका वकिलले सरकारी समाचार संस्था तासलाई बताएअनुसार इभानोभले उक्त आरोप अस्वीकार गरेका छन्। रूसी केही स्वतन्त्र सञ्चार माध्यमले इभानोभ र उनको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन्।

सन् २०२२ को डिसेम्बरमा नाभाल्नीको टोलीले इभानोभकी श्रीमती स्वेतलाना मनिओविचबाट चुहेका हजारौँ इमेलहरू प्राप्त गरेको बताएको थियो। उनले फ्रान्सको दक्षिणमा लक्जरी कार, गहना, लुगाफाटा, पार्टी, प्रिमियम प्रोपर्टी र याट भाडामा लिएर लाखौं युरो खर्च गरेको बताइएको छ।

तीमध्ये केही रकम रक्षा मन्त्रालयका ठेकेदारलगायत तेस्रो पक्षमार्फत हुने गरेको उनीहरूको आरोप छ। क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन शोइगुसँग निरन्तर सम्पर्कमा रहेको तर इभानोभको गिरफ्तारीबारे सोझै टिप्पणी गर्न अस्वीकार गरेको जनाएको छ। प्रवक्ता दिमित्री पेस्कोभले भने, यस विषयमा अनुसन्धान हुनेछ। सैनिक पोशाकमा प्रतिवादीहरूको आरोपबारे जवाफ दिन ४८ वर्षीय इभानोभले बुधबार अदालतमा सिसाको कोठाभित्र उभिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्