काँग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद

Alam
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काँग्रेस नेता मोहम्मद अफताब आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो।

अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार जन्मकैदको सजाय पाउनेहरूमा काँग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन्। उनीहरूलाई पुरानो मुलुकी ऐन अनुसार जन्मकैद बापत २० वर्ष जेल सजाय हुने छ। त्यस्तै, घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ। यसैगरी, ६ जनाको हकमा मुद्दा मुल्तबीमा राखिएको छ।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा काँग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्