वेस्ट इण्डिजविरूद्ध कप्तान पौडेलले बनाए शतक

Rohit Poudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन्। त्रिवि मैदानमा २०५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले ४८ बलमा शतक पूरा गरेका हुन्।

नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ। १७.२ ओभरमा शतक प्रहार गर्ने क्रममा कप्तान पौडेलले १० चौका र ५ छक्का प्रहार गरे। १८ ओभर सकिँदा नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्