एकीकृत समाजवादी समृद्धिको यात्रा तय गर्न चाहन्छ : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
0 Shares

मनहरी (हटौँडा)। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

शनिबार हेटौंडामा आयोजित एकीकृत समाजवादी मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पछिल्लो समय वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती दिन प्रतिगामीहरू सक्रिय भएकाले त्यसको रक्षा गर्न परिवर्तन पक्षधर एकताबद्ध हुन जरूरी रहेको बताए। ‘हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, संविधान तथा संघीयतामाथि नै चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थालेका छन्। त्यसैले यो व्यवस्था र संविधान जोगाउन सबै परिवर्तनकारी, संघीयतावादी शक्ति एकताबद्ध हुन जरुरी छ,’ अध्यक्ष नेपालले भने।

त्यसैगरी उनले एकीकृत समाजवादी सरकार फेरबदलमा केन्द्रीत नरहेको तर जनताको पक्षमा काम गर्ने बलियो तथा स्थायी सरकार निर्माण गरेर आर्थिक, सामाजिक विकासका काममा केन्द्रीत हुन नेतृत्वकर्तालाई खबरदारी गरिरहेको बताए। पार्टीको दसौँ महाधिवेशनमा आफ्नो पार्टीले नेपाली समाज, राजनीति र विकासका बाधक पहिचान गरी समृद्धिको यात्रा तय गर्न चाहेको पनि अध्यक्ष नेपालको भनाइ भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्