इलाम-२ मा सुरु भयो मतगणना

MatGadana
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णयअनुसार गौतमबुद्ध सभागृहमा (सिटी हल) मा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

गणनास्थलमा ११ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्ले बोर्ड’ मा परिणाम सार्वजनिक गरिँदैछ। मत परिणाम एक/एक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले जानकारी दिए। हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ।

२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावमा इलाम-२ बाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो। उपचुनावमा १८ जना उम्मेदवार छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्