इलाममा सुहाङको अग्रता कायमै, कति छ मतान्तर ?

लोकपाटी न्यूज
0 Shares

इलाम। इलाम- २ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायम छ। यहाँ दोस्रो स्थानमा रहेका काँग्रेसका डम्बरबहादुर खड्का करिब पाँच हजार मतान्तरले पछि छन्।

तेस्रो स्थानमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमले काँग्रेसलाई पच्छ्याउँदा रास्वपाका मिलन लिम्बू भने धेरै पछि परेका छन्। एमाले उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ९०० मत प्राप्त गरेका छन्।

काँग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार २८५ मत प्राप्त गरेका छन्। त्यस्तै रास्वपा लिम्बूको एक हजार ९४५ मत छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्