कम्युनिष्ट एकताका प्रयास भएका छन् : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गरेकाले अहिले जनताको विश्वास जित्दै आइरहेको बताएका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संघद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले समाज परिवर्तनका लागि विगतमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको अवलम्बन गरेको प्रस्ट पारे।

उनले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न चुनावका लागि चुनाव नभई जनतादेखि जनतासम्मको कार्यक्रम सञ्चालन गरी सांगठनिक सुदृढीकरण गर्नुपर्नेमा जोड दिए। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको व्यापक जनसमर्थन र लोकप्रियता रहेको समयमा भएको टुटफुटले जनतामा निराशा र आक्रोश बढेको बताए।

देश र जनताको हितलाई सर्वोपरि राखेर कम्युनिष्ट एकताका प्रयास भएको बताए। उनले त्यसका लागि बलियो आधार तयार हुन नसकेको उल्लेख गरे। अध्यक्ष नेपालले वामपन्थी शक्तिबीच एकतालाई कायम गर्न आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्रको माध्यमबाट सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्न सकिने विचार व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्