सुहाङ नेम्वाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई विजयी गराएकोमा इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन्। आफ्ना उमेद्वारलाई इलामका जनताले विश्वास गरेको भन्दै ओलीले धन्यवाद ज्ञापन गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टेट्स लेख्दै अध्यक्ष ओलीले फराकिलो मतान्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई ओलीले बधाई दिएका छन्।

उनले लेखेका  छन्:
इलाममा सुहाङ,
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो– इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
फेरि बधाई सबै इलामेलीलाई !!

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो। नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए। कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए। रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ।