इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्छु : सुहाङ नेम्वाङ

Suhang-Nembang pic
लोकपाटी न्यूज
0 Shares

इलाम। इलाम क्षेत्र नम्बर-२ मा निर्वाचित प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने बताएका छन्।आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै मंगलबार उनले इलामेली जनताको शिर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन्।

‘म कसैलाई गाली गर्नेछैन। कसैलाई गलत भन्ने छैन अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट माग्नै नपर्ने गरी काम गर्नेछु।’

नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने बताए।नेम्बाङले अग्रजले व्यवस्था परिवर्तन गरेर धरातल बनाइदिएको र आफूलगायत युवा नेताले त्यही धरातलमा टेकेर सामाजिक र आर्थिक अवस्था परिवर्तन गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्