माडीमा एमालेद्वारा बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान

uml-baruwa
लोकपाटी न्यूज
0 Shares

चितवन। नेकपा एमाले माडी नगरपालिका- १ चितवनले बामपन्थी अग्रज योद्धाहरुलाई सम्मान गरेको छ। बुधबार सम्पन्न बामपन्थी अग्रज योद्धा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रममा २१ जनालाई सम्मान गरिएको हो।

मरणोपरान्त सम्मानित हुने बामपन्थी योद्धाहरुमा स्व. लेखनाथ बराल, स्व. कुलबहादुर केसी, स्व. रामकृष्ण तिमिल्सिना, स्व. तेजबहादुर थापा, स्व. कृष्णलाल तिमिल्सिना, स्व. विष्णुकुमार बस्नेत, स्व. छविलाल परियार रहेका छन्।

यसैगरी बामपन्थी अग्रज योद्धाहरु लालबहादुर विक, ब्रहमन्ती महतो, इन्द्रकुमारी महतो, विश्वनाथ महतो, बलाराम पौडेल, मेघनाथ भुषाल, चन्द्रबहादुर विश्वकर्मा, मनबहादुर क्षेत्री, साबित्री देवी पौडेल, पार्वती उपाध्याय, बुद्धि विक, रामप्रसाद विक, हरिप्रसाद महतो र गनबहादुर विश्वकर्मालाई सम्मानित गरिएको हो।