वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालले चौथो टी- २० खेलमा वेस्टइन्डिज ‘ए’सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका रोस्टन चेसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ। सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।

नेपालले अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ। कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए। तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए।