मिसन ८४ मार्फत एमालेलाई निर्णायक शक्तिमा पुर्‍याइने छ : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

नवलपरासी। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भने।

उनले भने, ‘मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने छ। यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ।’ यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन्। सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन्।

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका थिए। सो अवसरमा उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे। ‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो। तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहेका छौ,’ उनले भने। अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्