टस हारेर पहिले बलिङ गर्दै नेपाल, दुई परिवर्तन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वेस्टइण्डिजविरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर वेस्टइण्डिजले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

अन्तिम खेलमा सागर ढकाल र अनिकुमार शाहले स्थान बनाउँदा गुल्शन झा र ललितराजवंशी आउट भएका छन्। नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। नेपालले वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिज भने यसअघि नै गुमाइसकेको छ।

यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेष्ट इन्डिजले जितिसकेको छ। नेपालले पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको थियो। तर, दोस्रो खेलमा वेस्टइन्डिज ‘ए’ नेपाललाई १०, तेस्रो खेलमा ७६ र चौथो खेलमा २८ रनले पराजित गरेको थियो।

विश्वकपको तयारीका लागि उड्नुअघि आज नेपाल शृंखलामा सुखद अन्त्यको योजनामा हुनेछ। दुवै देशले विश्वकपको तयारी स्वरूप सिरिज खेलेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्