सरकारको आयु चाडै टुङ्गिनेवाला छ : प्रकाशशरण महत

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन्।शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताएका हुन्।

उनले भने, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ। यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ। र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु।’

अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाँडै टुङ्गिने उनले बताए। उनले चाँडै विकास र स्थिरताप्रति समर्थित सरकार आउने दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्