वेस्ट इण्डिज ए विरूद्ध नेपाल ६ विकेटले विजयी

Nepali-cricket-team-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ। पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३/२ ले जित्न सफल भयो।१७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।  कुशल मल्लले एक छक्का र ४ चौका प्रहार गरेका थिए।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए। ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो।

दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए। ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्