नेकपा एसको केन्द्रीय कमिटी बैठक सर्‍यो

samajhabadhi ofc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ। यस अघि यही वैशाख २८ गते बस्ने भनिएको बैठक ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको हो। पार्टी महासचिव घनश्याम भुसालका अनुसार आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको छ।

वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्यप्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले जानकारी दिएका छन्। एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्