उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटे

Upendra_Yadav
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। आज बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ।

यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो। जसपा नेपालमा १२ जना प्रतिनिधि सभा सांसद थिए। तीमध्ये ७ जना राई नेतृत्वको जनता समाजवादीमा लागेका छन्। राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्