दाँतको उपचारका लागि प्रधानमन्त्री वीर अस्पतालमा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन्। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका हुन्।

अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। उनले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्