आठ सयले घट्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा आठ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ। बुधबार तोलामा एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्