रास्वपा सभापतिको हैसियतमा रविलाई संसदमा बोल्न दिने काँग्रेसको निर्णय

congress samsadiya dal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ। शुक्रबार बिहान बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो।

दलीय हैसियतमा संसद्मा बोल्न अवरोध नगर्ने सहमति भएको काँग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए। तर, सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बन्ने पार्टीको प्रमुख माग कायमै राख्ने निर्णय बैठकले गरेको उनले बताए।

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको काँग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो। बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधि सभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ।