प्रतिनिधिसभा: बैठक सुरु हुनासाथ विपक्षीको विरोध

Congress-samsad-abarodh-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद् बर्खे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत दलले सहकारी अनियमितताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो। उक्त विवादको झलक बैठकमा व्यक्त भएको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाएका थिए। उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले सदनमा उठेका मुद्दाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताए।

सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्