संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन : महामन्त्री थापा

gagan_thapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसद्को काम कारबाही अगाडि नबढ्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली काँग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कारबाही अगाडि बढाउने कुरामा काँग्रेसको साथ नरहने स्पष्ट पारे। ‘सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा काँग्रेसको साथ रहँदैन। यसको जिम्मेवार काँग्रेस होइन, सत्तापक्ष हो,’ उनले भने। संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो।

सांसद थापाले भनाइ राख्नु भएपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली काँग्रेसका सांसदहरू ‘रोष्ट्रम’ घेराउ गर्न पुगेका थिए। त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्