यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका २५ निर्णय

Rekha_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले वैशाख २७ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २५ निर्णय सार्वजनिक गरेकी हुन्।

बैठकले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च भुक्तानी गर्ने निर्णय गरेको छ। इजरायल घटनामा मारिएका ६ नेपालीको शव विमानस्थलबाट सम्बन्धित ठाउँमा पठाउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

सरकारका प्रवक्तासमेत रहेकी शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्त, सरुवा, मित्रराष्ट्रले दिने अनुदान स्वीकारलगायत २५ निर्णय गरेको छ।