नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

samajhabadhi ofc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ।

यस्तै, केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्