बागलुङको लाम्मेलामा आगलागी

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज
0 Shares

बागलुङ। जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन्। घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका-४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए।

गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए। घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उनले व्यक्त गरे।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्