छानबिन समिति बनाउनुको सट्टा विवादलाई बढाउने काम भयो : नेता निधि

Bimalendra_Nidhi
लोकपाटी न्यूज
0 Shares

धनुषा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन्।

धनुषामा आज आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताए हुन्। ‘सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ,’ नेता निधिले भने।

कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेको उनको भनाइ थियो। नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्