काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या

hattiya 1
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौंमा एक युवकको हत्या भएको छ। शनिबार राति काठमाडौंको बत्तीसपुतलीस्थित भित्री सडकको बीच बाटोमा युवकको हत्या भएको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। उनीमाथि धारिलो बतियकर प्रहार भएको छ।

पक्राउ परेका चारै जना नाबालिग रहेको र उनीहरुको नाम गोप्य राखिएको प्रवक्ता रिजालको भनाइ छ। प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएको छ। धितालको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्