राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जीवी नेपालले दिएको राजीनामा स्वीकृत गरेका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएका हुन्।

‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, राष्ट्रपतिज्यूले डा नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्