उपप्रधानमन्त्री यादवले दिए राजीनामा

Upendra_Yadav
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

‘वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ राजीनामा पत्रमा भनिएको छ। जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद् सचिवालयमा दर्ता गर्न लागिएको छ।

गत फागुन २७ गते यादवको नेतृत्वमा जसपा सरकारमा गएको थियो। तर, दुई महिना ४ दिनपछि यादवको पार्टी सोमबार सरकारबाट बाहिरिएको हो। प्रतिनिधिसभामा १२ सिट रहेको जसपा नेपाल २३ वैशाखमा विभाजित भएको थियो। अशोक राईको नेतृत्वमा ७ सांसद छुट्टिएर जसपा गठन गरेका थिए। यादवसँग प्रतिनिधिसभामा ५ सांसद छन्।