नेपाली कांग्रेसद्वारा कोशी प्रदेश सभा बहिष्कार

Koshi_Pradesh-Shabha
लोकपाटी न्यूज
0 Shares

विराटनगर। नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो।

नेपाली कांग्रेसले संसद बहिस्कारको पत्र लेखेर सभामुखलाई दिएको छ। कोशीमा सत्ता राजनीति बढीरहेको बेला कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आजै केन्द्रको सन्देश लिएर विराटनगर पुगेका छन्।

वैशाख २७ गते संविधानको धारा ६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ। प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्