कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

Hikmat_Karki
लोकपाटी न्यूज
0 Shares

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्। सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन्।

उनले प्रदेशको विकासका लागि आफूलाई मत दिन भनेका छन्। उनले प्रदेशको विविधतालाई समेटेर आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतले समर्थन गरेका छन्।

विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए। नेपाली कांग्रेस दलको बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे। बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने जानकारी दिएको थियो। बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्