आजदेखि नेकपा एसको केन्द्रीय कमिटीको बैठक

samajhabadhi ofc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। दुई दिनसम्म चल्ने सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुङ्गो लगाइने छ। एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।