सन्दिपको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

cricket player of nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा तोकिएको छ।

यसअघि वैशाख २३ गते उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो।

यसअघि पनि पटक पटक उक्त मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो। काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्