पूर्वसांसद रेग्मीको निधन

Khagendra_picccc
लोकपाटी न्यूज
0 Shares

स्याङ्जा। पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ। नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट-७ गेझबासमा निधन भएको हो।

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए। उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहका छन्। रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। काठमाडौँमा क्यान्सरको उपचार गराइरेका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो।

नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ। रासस