गरिबलाई विद्युतीय चुलो दिने सरकारको घोषणा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुल्हो उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने बताएका हुन्।

त्यस्तै राष्ट्रपति पौडेलले आगामी दशकलाई कृषिमा लगानी दशकको रूपमा मनाउने घोषणा गरेका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले कृषि उद्योगमा उत्पादन बढाउनका लागि लगानी दशक मनाइने बताए। उनले यसले कृषि क्षेत्रमा उत्पादन बढ्नुको साथै रोजगारीको सिर्जना हुने बताए।