सरकारले ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले ५ लाख भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्ने बताएको छ। मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए।

उनले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा र्पुयाउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्