नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो।

मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताए।

उनले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसङ्ख्यक एवम् पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गर्ने बताए। राष्ट्रपति पौडेलले साइबर सुरक्षा सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने बताए।