यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरेका हुन्।

राष्ट्रिय सहमति सहकार्य र सामूहिक प्रतिबद्धताबाट यस नीति तथा कार्यक्रममा अन्तर्निहित उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ। राष्ट्रिय आवश्यकता, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा र आर्थिक पुनरुत्थानको विषयलाई प्राथमिकतामा राखिएको राष्ट्रपति पौडेलले बताए।

संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको छ। नीति तथा कार्यक्रम ५६ पृष्ठको छ। राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ। अब नीति तथा कार्यक्रम पारित गरी सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab