एमाले संसदीय दलको बैठक जारी

UML_Logo
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। बुधवार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा काँग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिबारे पनि छलफल हुने बताइएको छ। अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सम्बोधन गर्दै छन्। आजको संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मङ्गलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि सदनका बेग्ला बेग्लै बैठकमा प्रतिपक्षले अवरोध गरेका कारण राष्ट्रपति पौडेललाई धन्यवाद दिने लगायतका कार्यसूची अघि बढ्न सकेको छैन। सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद्मा अवरोध गर्दै आएको छ।