सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ जारी, के आउँला फैसला ?

patan-uchha-adalat
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा अन्तिम सुनुवाइ जारी छ। अदालत आसपास सन्दीप लामिछानेका समर्थकहरूको भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

उच्च अदालत पाटनको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन्। सम्भवतः आज सन्दीपको मुद्दामा फैसला आउने बताइएको छ।

मंगलबार बहस नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा परेको थियो। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध लामिछानेले दिएको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्