सन्दीपको मुद्दामा सकियाे बहस

cricket player of nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो।आजै सन्दीपको मुद्दामा फैसला सुनाउने उच्च अदालत पाटनको तयारी छ।

अदालत आसपास सन्दीप लामिछानेका समर्थकहरूको भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेले गौशाला-२६ लाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्