सिंहदरबारमा प्रचण्ड र ओलीबीच छलफल

kp-oli-prachanda
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्। नयाँ बानेश्वरमा एमाले स‌ंसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।

सिंहदरबारमा अहिले उनीहरुबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरुबीच संसद् खोल्नेबारे छलफल भइरहेको बुझिएको छ। संसद् अवरोध खोल्न सत्ता पक्षका नेता ओली र प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरिरहेका छन्।

बुधबार बिहान प्रचण्डलाई भेटेर सभामुख देवराज घिमिरेले काँग्रेससँग छिटो सहमति गर्न आग्रह गरेका थिए। नेपाली काँग्रेसले संसद्‌मा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। काँग्रेसले माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ।