सन्दीपको मुद्दामा न्यायाधीशले हेरे सीसीटीभी फुटेज

cricket player of nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै न्यायाधीशहरु संक्षिप्त फैसलामा जुटेका हुन्।

अदालत आसपास सन्दीप लामिछानेका समर्थकहरूको भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेले गौशाला-२६ लाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो।

न्यायाधीशहरूले बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन्। सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो। उक्त फुटेज हेरेपछि अदालतले फैसला लेख्ने छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्