महाधिवेशनमा साझा दस्ताबेज बनाएर लैजाने नेकपा एसमा सहमति

yakikrit_Samajbadi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन तोकिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्न निर्देशन दिएको छ। पार्टीको सचिवालय बैठकले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको हो।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्दैछ। सचिवालय बैठकले महाधिवेशनमा साझा दस्ताबेज पेस गर्ने निर्णय पनि गरेको छ। पार्टीको अब बस्ने सचिवालय बैठकले चार वटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एक मात्र साझा दस्ताबेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

उनले त्यसअघि पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूको सुझाव समेटेर अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरिएको जानकारी दिए। त्यस्तै गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही जेठ १० गतेसम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ। आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ।