सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ।

तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ। साथै चाँदीको भाउ आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्