काँग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन : नेता डा कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई काँग्रेसले संसद्मा उठाएको बताएका छन्। काठमाडौंमा आज आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले काँग्रेस कुनै राजनीतिक दलको धम्कीसँग नडराउने बताएका हुन्।

‘राजाको धम्कीसँग नडराएको काँग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन,’ उनले भने। नेता कोइरालाले मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन काँग्रेस अग्रसर हुनुपर्ने बताए।

उनले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने बताए। उनले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताए। निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउने गरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्