कम्युनिष्टलाई लोकप्रिय बन्न नदिने सोच विफल हुनेछन् : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन अहिले समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिलाई सफल बनाउन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए।

उनले लोकतान्त्रिक आन्दोलनको अगुवा कम्युनिष्ट शक्तिले गरेको दाबी पनि गरे। उनले कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति भएको बताए। सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित कम्युनिष्ट पार्टीलाई अधिनायकवादी शक्तिको भनेर झुटो आरोप लगाइएको उनको भनाई थियो। कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको उनले बताए। अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई लोकप्रिय हुन नदिन देखापरेका अनेकौं किसिमका सोचहरूलाई असफल बनाउनु पर्ने बताए।

उनले भने, ‘कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो। लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो। यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्दछ। यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झुटो आरोप मात्रै हो।’ कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्नुपर्ने अध्यक्ष नेपालको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्