स्थायित्व र स्थिरताको निम्ति संविधान संशोधनद्वारा नयाँ बाटो खोल्नुपर्छ : नेता केसी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले लाखौं सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न काँग्रेसले संसदीय समितिको माग गरेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने स्पष्ट पारे।

एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको उल्लेख गर्दै नेता केसीले सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न संसदीय समिति नबनेसम्म संसद् अवरोध जारी रहने बताए। फरक प्रसंगमा उनले राजनीतिक र सरकारको स्थायित्व र स्थिरताका निम्ति नयाँ विकल्प दिन दलहरुबीच समन्वय आवश्यक रहेको बताए।

संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भए पनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको उनको भनाइ थियो। स्थिरताका निम्ति संविधान संशोधन गरेर नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए। नेता केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्