पाँच लाख धरौटीमा छुटे गायक रवि ओड

लोकपाटी न्यूज
0 Shares

कञ्चनपुर। गायक रवि ओड ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ धरौटी बुझाएर रिहा भएका हुन्।

कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीका अनुसार कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएका हुन्। ओडविरुद्ध उनकी पत्नीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। जतिबेला गायक ओड देशबाहिर थिए।

स्वदेश फर्किएपछि उनी यही वैशाख २७ गते कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए। गायक ओड गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्