तीन प्रमुख जिल्ला अधिकारीको सरुवा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरूवा तथा पदस्थापन भएको छ। गृह मन्त्रालयले शुक्रबार सरूवा तथा पदस्थापनको निर्णय गरेको हो।

जसमा जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ। उनी बागलुङमा कार्यरत थिए। बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ। पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्